सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – अभिनेत्री ऋचा शर्मा आज वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी दीपेक्षविक्रम रानासँग आज राजधानीमा (शनिबार) उनले लगनगाँठो कसेकी हुन्।

ऋचा दुई वर्षदेखि दीपेक्षसँग प्रेममा थिइन्। दीपेक्ष ललितपुरमा रहेको लबिम मलका जनरल म्यानेजर हुन्। ऋचाले बिहेको तस्बिर फेसबुकमा राख्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।’

ऋचालाई अभिनेत्री साथीहरु प्रियंका कार्की, केकी अधिकारी लगायतले केही दिनअघिमात्रै पोखरामा ब्याचलर पार्टी दिएका थिए। त्यसको एक महिनामै उनले बिहे गरेकी हुन्।

तपाईको प्रतिक्रिया