Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – नर्सिङ केयर कामका लागि जापान जाने कामदारको परीक्षा केन्द्र तोकिएको छ।

२०७५ चैत ११ गते जापान र नेपालबीच भएको शून्य लागतको सम्झौतापछि पहिलो चरणमा नर्सिङ केयरगिभरका रुपमा लैजाने कामदारको परीक्षा केन्द्र डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट तोकिएको हो।

जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालबाट नर्सिङ केयरगिभरमा कामदार लैजाने सूचना प्रक्रिया अघि बढिसकेको जानकारी गराइसकेको छ।

नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानिज भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्ने छ। जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो। उक्त परीक्षाका लागि पहिलो चरणमा १ हजार आवेदन लिने जनाइएको छ।

आवेदन अनलाइनमार्फत दिन सकिने र सुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको थियो। सूचनामा आवेदनकर्ताले अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने छ।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने  पास गर्नुपर्ने जनाएको छ।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्।

परीक्षा कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने छ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यावहारिक प्रश्न हुने छन्।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छ। दुवै परीक्षाका लागि एक हजार जापनिज येन शुल्क लाग्ने छ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापनिज दूतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग २०७५ चैत  ११ गते जापानसँग भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागिएको हो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया