Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – जापानले अमेरिकी मदिरा आयातमा लगाउँदै आएको अतिरिक्त कर हटाउने भएको छ । यो महीनाको अन्त्यमा जापान र अमेरिकाबीच हुन गइरहेको व्यापार सम्झौता अनुसार उक्त उत्पादनमाथिको अतिरिक्त कर हटाउने तयारी गरिएको हो । जापानी समाचार संस्था निक्केईले आइतवार छापेको समाचार अनुसार अमेरिकासँगको व्यापार सम्झौता कार्यान्वयनमा गएको ५ देखि ७ वर्षभित्र उक्त अतिरिक्त कर हटाइनेछ ।

अहिले जापानमा भित्रिने अमेरिकी मदिरामा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएको छ । अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको बैठकमा अमेरिका र जापानबीच व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौता अनुसार जापानले अमेरिकाबाट आउने गाईगोरुको मासुमा पनि अहिले लाग्दै आएको ३८ दशमलव ५ प्रतिशत भन्सार महसुल सन् २०३३ सम्ममा ९ प्रतिशतमा झार्नेछ ।

यस विषयमा जापानको व्यापार मन्त्रालयले भने कुनै प्रतिक्रिया दिएको छैन । गत महीना अमेरिका र जापान स्वतन्त्र व्यापार सम्झौताका प्रमुख बुँदामा सहमत भएका थिए । दुई मुलुकबीच चलिरहेको व्यापारिक द्वन्द्व हटाउन उक्त सम्झौता भएको हो । अमेरिका र चीनबीच व्यापारयुद्ध चर्किंदो अवस्थामा रहेको बेला जापान भने व्यापार सम्झौताको माध्यमबाट यसलाई सुल्झाउने दिशामा अघि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया