Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर बिक्री वितरण गरेर आम्दानी गर्न थालेका छन्।

बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले जानकारी दिए।

केही स्थानीयले सिस्नोको पाउडर उत्पादन गरेर विभिन्न देशहरुमा प्रतिकिलो सात सय रुपैयाँसम्ममा निर्यात गरिरहेको र स्वदेशका विभिन्न शहरहरु र तारे हाटलमा समेत प्रतिकिलो पाँच सय रुपैयाँसम्ममा बिक्री गरिरहेको अध्यक्ष लामाले बताए।

सिस्नो औषधीय गुणले भरिपूर्ण भएको कारण धेरै व्यक्तिहरुले यसको सेवन गर्ने गरेको बताउँछन् त्रिभुवन विश्वविद्यालय वन विज्ञान क्याम्पसका प्राध्यापक कृष्णप्रसाद दाहाल। वनजङ्गल वन्यजन्तु तथा वातावरण विज्ञ प्राध्यापक दाहालका अनुसार मुन्टा टिप्दा वा फेर्दै लगाएर काट्दासमेत सिस्नो मासिदैन झन मौलाएर आउँछ।

समुद्री सतहबाट २०० मिटरदेखिको चिस्यानयुक्त माटोमा सिस्नो पाइए पनि ७०० देखि एक हजार ३०० मिटरको उचाइमा सिस्नो प्रशस्त पाइन्छ। खेतीकै रूपमा लगाउने हो भने फलफूलको बगैँचाभित्र लगाएर दोहोरो आम्दानी गर्न सकिने उनको भनाइ छ। प्रत्यक्ष घाम नलाग्ने ठाउँमा राम्रोसँग सप्रिने हुँदा सेपिलो वा अन्य बाली नसप्रने ठाउँमा पनि सिस्नो लगाउन सकिने उनले बताए। रासस

तपाईको प्रतिक्रिया