काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको बताए । यस बारेमा सम्बन्धित निकायसँग छलफल भइरहेको उनको भनाइ थियो ।
मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानूनी जटिलता हुने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान सरकार तयार रहेको बताए । मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाइरहेको दाबी गरे ।
प्रकाशित मिति: बुधबार, भाद्र २५, २०७६
प्रकाशित समय: १९:२०:१२