Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । सामान्यता हिन्दूधर्मावलम्बि महिलाले विवाह पश्चात सिन्दुरको प्रयोग गर्ने गरेका छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् ।

एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । न्युजर्सीस्थित रच्गर स्कुल अफ पव्लिक हेल्थ, पिस्काटावेका शोधकर्ताहरुले गरेको नमुना परिक्षणमा कुल ११८ वटा सिन्दुरको नमुना परीक्षण गरिएको थियो ।

त्यसमध्ये ९५ वटा नमुना न्यूजर्सीमा र बाँकी २३ वटा भारतको मुम्बई तथा दिल्लीका शहरबाट मगाइएको थियो ।

संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो । त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो ।

सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । अध्ययनमा भनिएको छ, ‘६ बर्ष भन्दा कम उमेरका बच्चाका लागि यो थप हानिकारक छ ।’

तपाईको प्रतिक्रिया