Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर वा चिल्लो सोस्न पत्रिकामै खानेकुरा बेर्ने गर्नुभएको होला ।

यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि गर्ने बायोएक्टिभ तत्व हुन्छन् । यसरी पत्रिकामा टाँसिएको खानेकुरा खाँदा क्यान्सर पनि हुन सक्छ ।

मसीमा हानिकारक रंग र त्यसको रसायनमा माइक्रो अर्गानिजम हुन्छ जसले स्वास्थ्य बिगार्छ ।

रिसाइकल गर्न मिल्ने कागज र कार्डबक्स पनि खतरनाक नै हुन्छन् । यिनमा फ्थालेट नामक विषालु रसायन हुन्छन् जसले पाचन प्रणालीलाई बिगार्छन् । यिनीहरूले बूढा र बच्चालाई क्यान्सर समेत गराउँछन् ।

खानेकुरा कहिलेपनि पत्रिकामा बेरेर राख्नु हुँदैन ।

तपाईको प्रतिक्रिया