Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

टोकियो – जापानले मित्सुबिसीका ठूला उद्योगहरूको बिक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ ।

जापानका विदेशमन्त्री तारो कानोले मित्सुबिसीको सम्पत्तिको सम्भावित बिक्रीलाई रोक्न भन्दै यदि यस कार्यलाई अघि बढाएमा सन् १९१० देखि १९४५ ताका कोरियाली प्रायद्धिपमा उपनिवेशीकरण हुँदै गर्दा भएका युद्धकालीन श्रम पिडितलाई थप क्षति हुने बताएका छन् । कानोले दक्षिण कोरियाली पक्षलाई भने, ‘यदि कम्पनीको सम्पत्ति बिक्रीबाट जापानले क्षति व्यहोर्नु परेमा यसको टोकियोले प्रतिवाद गर्नेछ ।’

‘हामी उनीहरू (कोरियाली)लाई कडारूपमा यो आग्रह गर्न चाहन्छौँ कि जापानी उक्त कम्पनीको सम्पत्ति बिक्री नहोस्,’ कानोले पत्रकारसँगको भेटमा भने । दक्षिण कोरियाली अभियोजनकर्ताहरूले छिट्टै जापानी मित्सुबिसी कम्पनीको सम्पत्ति बिक्रीका लागि आवश्यक प्रक्रिया सुरू गर्ने बताएपछि जापानी विदेशमन्त्रीको सम्पत्ति बिक्री प्रक्रियालाई अघि नबढाउन भनी उक्त अभिव्यक्ति आएको हो ।

गत वर्षको नोभेम्बरमा दक्षिण कोरियाको उच्च अदालतले अभियोजनकर्ताहरूलाई युद्धताका जवर्जस्ती निकालिएका श्रमिकलाई क्षतिपूर्ति दिलाउन निर्देशन गरेको थियो । –सिन्ह्वा

तपाईको प्रतिक्रिया