काठमाडाैं – जब उडिरहेको विमानको इन्जिन विग्रिएको थाहा भयो यात्रुहरु भगवानसँग प्रार्थना गरिरहेका थिए, केहीले आफ्ना परिवारलाई खबर गरिरहेका थिए । पाइलटले नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने सूचना जारी गरेपछि यात्रुहरु झन अत्तालिएका थिए ।
‘जब हामीले क्याबिनमा धुवाँ देख्यौं । हामी अत्तालिसकेको थियौं ।’ डेल्टा फ्लाइट १४२५ का यात्रु अभेरी पोर्चले सीएनएनसँग भनिन्,‘विमानको उडानको तेज कम हुँदै गयो, भित्रको पंखाहरु बन्द भए, गर्मी भएको थियो ।’ यसै साता डेल्टा विमान १ सय ५० यात्रु एटलान्टादेखि बोकेर बाल्टिमोरका लागि उडिरहेको थियो ।
सोही समयमा यात्रुलाई पाइलटले एउटा इन्जिनमा खराबी आएको र नर्थ क्यारोलिनामा आकस्मिक अवतरण गर्ने बताएका थिए । पोर्चकी प्रेमी टाइलर क्रिउगर भन्छन्,‘त्यसबेला मैल मोबाइलबाट फोन झिकेर आमालाई आइ लभ यु लेखे ।’ विमान रेलइ-डुरहाम अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयो। सबै यात्रु जोगिए। कसैले सानो चोट पनि लागेन ।
पोर्च भन्छिन्,‘हामी सबै मर्छौ भन्ने लागेको थियो । तर भाग्यवश बाँचियो ।’ हाल उक्त विमानको इन्जिन फेरिएको छ । डेल्टाले सो विमान काममा फर्किएको पनि जनाएको छ ।