काठमाडौँ – विद्युत्को स्विच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने एक अध्ययनले दाबी गरेको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने अनुमान गरिएको छ । यो अध्ययन जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले गरेका हुन् ।
यसरी बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने र यसले निकै फाइदा हुने त्यो शोधको निष्कर्ष छ । न्युरोसाइन्टिस्टहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् । यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरुले बताएका छन् ।
ब्रेन स्टिमुलेसन नामको एक पत्रिकामा प्रकाशित शोधका अनुसार यो कुरा केही विद्यार्थीमा टेस्ट पनि गरिएको थियो । र, ती विद्यार्थीको नतिजा राम्रो रहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।