Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्व फूटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो नै दोहोरिएका छन् । फ्रान्सको पेरिसमा भएको फिफा कंग्रेसबाटउनी आगामी ४ वर्षका लागि पुन निर्वाचित भएका हुन् ।

कंग्रेसमा अध्यक्ष इन्फान्टिनोले ‘आपराधिक गतिविधिको जञ्जाल’ बाट फुटबललाई यसको वास्तविक मूल्य र मान्यता दिलाउन सफल भएको प्रतिक्रिया दिए । यसअघि हिजो बसेको कंग्रेसले एकमात्र उम्मेद्वार रहेको अवस्थामा मतदान आवश्यक नरहने भनेर संशाेधन गरेको थियो ।

४९ वर्षे अधिवक्ता इन्फान्टिनोले पहिलो कार्यकालमा दिएको आश्वासन पूरा गर्न प्रयास गर्नेछन् । पहिलो कार्यकालमा फिफा सदस्यहरु नै उनको काम प्रति सन्तुष्ट देखिएका छैनन् । ‘अहिले कसैले पनि फिफाको संक्रमणका बारेमा कुरा गरेका छैनन् । भ्रष्टाचारका प्रकरणहरु पछिल्लो चार वर्षमा कतै पनि सुनिएन । फुटबल सकारात्मक दिशा तर्फ अघि बढेको छ’, इन्फान्टिनोले फिफा कंग्रेसमा भने ।

इन्फान्टिनोले आफ्नो कार्यकालमा भएका ११ वटा सकारात्मक कार्यक्रमको व्याख्या गरे । जसमा आर्थिक पाटो, महिला फुटबलको विकास, रंगभेदविरुद्धको अभियान, भिडियो एसिस्टेन्ट रेफ्री, क्लब विश्वकपमा २४ टिमको सहभागिताको निश्चिततालगायतका कार्यक्रमहरुले विश्व फुटबललाई अझ व्यापक बनाएको दाबी गरेका थिए । ***

तपाईको प्रतिक्रिया