Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं- हामीले खानामा बेसारको प्रयोग गर्ने गर्दछौँ । बेसारले हामीले खाने खानामा भएको नदेखिने जिवाणु मार्ने गर्दछ ।

तर यसको अलवा, बेसारको धेरै गुण रहेको छ । दिनहुँ बेसारयुक्त खाना खानाले हाम्रो शरिरमा यी चमात्कारिक परिवर्तन पाइने छ ।

१. बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि बेसार खाने हो भने कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।
२. बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।
३. बेसारले दिमागी क्षमतामा विकास गर्दछ । दिनहुँ बेसार खानाले स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।
४. बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।
५. बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर) को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।
६. बेसार खानाले विभिन्न दुखाई पनि कम हुने गर्दछ ।
यसको साथै बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया