Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्।

राष्ट्रिय भलिबल खेलाडी रहेकी सिन्हालाई सन् २०११ मा केही व्यक्तिहरूले रेलवे ट्रयाकमा धलेकिदिएपछि उनले आफ्नो खुट्टा गुमाएकी थिइन्। उक्त घटनालाई उनले कमजोरी बन्न दिइनन्। सन् २०१२ मा सिन्हाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

यसअघि फिल्ममा कंगना रनावतले अभिनय गर्ने बताइएको थियो। कंगना र आलियाबीच वाकयुद्ध चलिरहेको बेला आलियाले कंगनालाई रिप्लेस गरेकी हुन्।

आलियाले यस फिल्मका लागि स्वीकृति दिइसकेको बुझिएको छ।

सिन्हाको सगरमाथा आरोहणसम्बन्धी लेखिएको ‘बर्न अगेन अन द माउन्टेन: अ स्टोरी अफ लुजिङ एभ्रिथिङ एन्ड फाइन्डिङ इट ब्याक’ नामक किताबमा आधारित भएर फिल्म निर्माण हुनेछ।

आलिया हाल अरू प्रोजेक्टमा काम गरिरहेकीले २०२० मा मात्रै यो फिल्मको सुटिङ सुरु हुन बताइएको छ। यसको निर्माण धर्मा प्रोडक्सन्स र डर मोसन पिक्चर्सले गर्नेछन्।

निर्माण टिमले फिल्मको सुटिङ सगरमाथा क्षेत्रकै वास्तविक स्थानहरूमा गर्ने तयारी गरिरहेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया