Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।

सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट २ सय ५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट १ सय ८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट २ सय र मध्यमको १ सय ३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो’, उनले भने । ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो’, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य २ सय ९० बाट घटाएर २ सय कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट २ सय मूल्य तोकेको जनाएको थियो । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा १२ पर्छ । केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट ३ सय ६० सम्म पुगेको थियो ।

‘अण्डाको मूल्य घट्ने÷बढ्ने भइरहन्छ’, कँडेलले भने, बजारको अवस्था हेरेर २ सय ५० देखि ३ सय औशतमा मूल्य निर्धारण हुने गरेको छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

एक साता अघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेलले बताए । पोल्ट्री क्षेत्रमा ८० अर्बभन्दा बढी लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया