Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – बैशाख भित्रै उपत्यकाको रिङरोडमा विद्युतिय गाडी गुड्ने भएको छ । सुन्दर यातायात प्रालीका अध्यक्ष भेष बहादुर थापाका अनुसार करिब ३ महिनादेखि नीतिगत अस्पष्टताको कारण थन्किएको २ वटा विद्युतीय गाडी सञ्चालन गर्ने तयारी भइरहेको हाे ।

साथै यातायात व्यवस्था विभागको पनि गाडी सञ्चालन गर्ने विषयमा राम्रो प्रतिक्रिया दिएको उनले बताए । त्यस्तै, उर्जा मन्त्री वर्षमान पुनले एक हप्ता भित्र महशुल निर्धारण गदिर्ने बताउनु भएको छ । गाडी संचालन गर्ने इजाजत पाएपछि थप ११ वटा गाडी पनि ल्याउने तयारी छ ।

यो गाडी सुरुवातमा रिङरोडमा गुड्ने र पछि अन्य शाखाका बाटोमा पनि गुडाइने कम्पनीले जनाएको छ । त्यस्तै यो गाडीमा चढ्ने यात्रुहरुले जहाँ पनि २० रुपैँयामा जान पाउने र विद्यार्थीलाई ५ रुपैया छुट दिने भएको छ । तर अशक्तलाई भने निशुल्क यात्रा गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया