Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – नेपाल आइडल २ बाट चर्चामा आएका गायक द्वय कृशल कडेल र मिनराज पौडेलले एक साथ गाएको गीत “बरिलै” म्युजिक भिडियो सहित रिलिज गरिएको छ। गीत रिलिज भएको केही घन्टामा नै भाइरल बन्दै युट्युबमा १२० हजार पटक हेरिएको छ भने १२ हजार लाइक र हजारको हाराहारीमा कमेन्ट बटुल्न सफल भएको छ।

मिनराजले पहिलो गोल्डन माइक जितेर चितवनको अडिसनबाट सोझै गाला राउन्ड प्रवेश पाएका थिए भने कृशल आफ्नो लुक्स र परिपक्व गायकीका कारण दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएका थिए।

लोक फ्युजन शैलीको उनीहरुको यो युगल गीतमा संगीत, स्वयं गीतकार नृपेश उप्रेतीको रहेको छ। बेलायतमा बसोबास गर्ने नृपेश लामो समय देखि गीत गजल लेखनमा सक्रिय छन् र पहिलो पटक आफैले यो गीतमा संगीत भरेका हुन्। यसमा संगीत संयोजन युवा संगीतकार एबम गायक पुरुषोत्तम सुवेदीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन्। भिडियोमा स्वयं गायक द्वय कृशल र मिनराजले चर्चित मोडल करिष्मा ढकाल को साथमा अभिनय गरेका छन्। भिडियोलाई राम्रो बनाउन निकै मेहनत गरेको निर्देशक प्रबिन थापा बताउँछन्। भिडियोको छायांकन नमराज घिमिरेले गरेका हुन भने सम्पादन र कलर शक्ति प्रज्वल घिमिरेले गरेको हुन। भिडिय व्हाइट मिडिया प्रालिले निर्माण गरेको हो।

यस अघि कृशलको आवाजमा आएको “ओढेर घूँघट” बोलको गीत निकै मन पराइएको थियो। मिनराजको भने यो पहिलो गीत हो। साथै नेपाल आइडल २ का सहभागीहरु मध्य कृशल र मिनराजको सम्बन्ध निकै घनिष्ठ र सुमुधुर बनेको थियो। प्रतियोगिताबाट मिनाराज बाहिरिदा कृशल डाँको छोडेर रोएका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया