Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – तपाईंको बच्चाले दिनमा कति सयमसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ ।

तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । डब्लुएचओले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हालै जारी गरेको चेतावनीमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रिनबाट टाढै राख्न सूचित गरिएको छ ।

बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने डब्लुएचओको अध्ययन रिपोर्टमा उल्लेख छ ।

डब्लुएचओको नयाँ निर्देशिकामा बालबालिकाको शारीरिक गतिविधिमाथि जोड दिइएको छ । शरीरको तीव्र विकास बालापनमै हुने भएकाले यो समय खेलकुद गतिविधिमा ध्यान केन्द्रित गर्ने तथा पर्याप्त रुपमा सुत्ने बानीको विकास गर्न आवश्यक रहेको बताइएको छ । शारीरिक गतिविधिमा कमी आउँदा हरेक वर्ष विश्वमा सबै उमेर वर्गका ५० लाख मानिसको मृत्यु हुने गरेको छ ।

वर्तमान अवस्थामा २३ प्रतिशत बाल–बालिका तथा ८० प्रतिशत किशोर शारीरिक रुपमा तन्दुरुस्त नभएको डब्लुएचओको तथ्यांकले देखाएको छ । सानो उमेरबाटै शरीरलाई सक्रिय राख्ने तथा पर्याप्तमात्रामा सुत्ने बानीको विकास गर्नु पर्ने डब्लुएचओको सुझाव छ । बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ ।

साना बच्चालाई एक घण्टाभन्दा बढी काख र कुर्सीमा राख्न हुँदैन । ३ महिना उमेरको बच्चालाई १४-१७ घण्टा र ४ देखि ११ महिना उमेरकोलाई १२ देखि १६ घण्टा सुत्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । दिनमा १८० मिनेट बालबालिकालाई अलग-अलग तरिकाको शारीरिक गतिविधिमा बिताउन प्रेरित गर्नुपर्छ ।

दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन । उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुन्छ । ३ देखि ४ वर्ष उमेरका बालबालिकालाई दैनिक ६० मिनेटसम्म लगातार शारीरिक गतिविधि गर्न लगाउनुपर्छ । –एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया