Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – बलिउड अभिनेता सनी देवल पञ्जावको गुरदासपुरबाट भारतीय जनता पार्टीका प्रत्याशी हुन् । उनले हालै मात्र राजनीतिमा कदम राखेका थिए । लगत्तै उनले टिकट पनि पाए । उनले हालै यसै सिलसिलामा आफ्नो सम्पत्तिको विवरण पनि खुलाए ।

उक्त विवरणमा खुलेको छ कि, सनी देओल र उनकी पत्नीमाथि झण्डै ५३ करोड ऋण छ । दुवैले बैंकबाट ५१ करोड रुपैयाँ कर्जा लिएका छन् । उनको साढे २ करोड सरकारी कर्जा पनि छ । यसका अलावा एक करोड ७ लाखको जीएसटी पनि बाँकी छ ।

जहाँसम्म सम्पत्तिको कुरा छ । सनीको परिवारसँग झण्डै ५७ करोडको सम्पत्ति छ । उनीसँग ६० करोडको चल र पत्नीसँग ६ करोड रुपैयाँ बराबर सम्पत्ति छ । यस्तै सनीसँग २१ करोड बराबरको अचल सम्पत्ति पनि भएको भारतीय मिडियाले खुलाएका छन् ।

उनको बैंक खातामा भने २६ लाख रुपैयाँ नगद र पत्नीसँग १६ लाख रुपैयाँ भएको बताइएको छ ।

सबैभन्दा अचम्मको कुरा त यो हो कि, सनी आफ्ना पिता धर्मेन्द्रको सम्पत्तिका हिसाबले निकै पछाडि छन् । धर्मेन्द्रसँग झण्डै १ सय ३५ करोड बराबरको सम्पत्ति छ । यस्तै सनीकी सौतेनी आमा हेमा मालिनीसँग झण्डै १ सय १४ करोड सम्पत्ति छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया