Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – चितवनमा निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई २२ लाख सहयोग संकलन भएको छ । २६ अप्रिलमा दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम उठेको फाउन्डेसनले जनाएको छ ।

धुर्मुस सुन्तली साँझ सम्पन्न गर्न चितवन समाज दुबईले संयोजन गरेको थियो भने विभिन्न संघसंस्थाले सहकार्य गरेका थिए । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिए । यस्तै आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग उठेको थियो ।

योसँगै दुबईबाट २२ लाख स‌ंकलन भएको हो । कार्यक्रममा धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुति दिनुका साथै गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले गीतमार्फत दर्शकको मन जितेका थिए ।

तपाईको प्रतिक्रिया