Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – सामाजिक काम र व्यवसायलाई सँगसँगै गघि बढाइरहेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ ।

चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या आएपछि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन ।

चिउडो मुनीको भाग अत्याधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उनले आफ्नो फेसबुकमा लेखेकी छन ।

त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली ल्याइएको थियो । डा. सुरेन्द्र कुमार दासले आफ्नो सफल शल्यक्रिया गरिदिएको पनि उनले जनाएकी छन् ।

शल्यक्रियापछि उने दुःखद स्टाटस लेख्दै अब नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।

उनले अगाडी लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् ।

म दुःखपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

केहि समय चलचित्रबाट टाढा रहेर सिन्धुपाल्चोकको भुकम्प पीडित माझी गाँउमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङको लागी लण्डन गएकी थिइन ।

आफ्ना पती नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि अत्यन्तै तनावमा रहेकी श्वेता विस्तारै पुरानै लयमा फर्कने क्रममा थिइन ।

साथै उनले सामाजिक काम र आफ्नो ब्यवसाय सक्रिय रुपमा अघि बढाइरहेकी थिइन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया