Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – समायोजनको विषयमा असहमति जनाउँदै आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधनका लागि सरकारले लिएको १५ दिनको समयसीमा आइतबार सकिएको छ ।

यसअघि चैत २३ गतेदेखि तेस्रोपटक आन्दोलन गरेका सरकारी चिकित्सकले आफूहरूको माग सम्बोधन गर्न सरकारले  दुई साता समय मागेपछि वैशाख एक गतेदेखि सरकारी चिकित्सकहरूले आन्दोलन स्थगित गरेका थिए । माग सम्बोधनका लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै गत चैत्र ३० गते स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सरकारी पक्षले वैशाख १५ गतेसम्मको समय मागेको थियो ।

सार्वजनिक भएको कर्मचारी समायोजनको सूचीको विरोध गर्दै पटक-पटक आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ गोदानले आफूहरूको माग पूरा नभए यसअघि नै पुन: आन्दोलन चर्काउने बताइएको छ । त्यसैले आफूहरूले दिएको समय आइतबार सकिने र यसबीचमा माग सम्बोधन नहुने भए भोलि आफूहरूले बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘सरकारलेनै दुई हप्ताको समय मागेर हामीले आन्दोलन स्थगित गरेका थियौँ, जुन समय आज सकियो, यस अवधिमा हाम्रो माग सम्बोधन भएन अब हामी भोलि बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौँ,मागका विषयमा हामीले पनि सकारात्मक खबर नै सुनेका छौँ । तर, विगतमा भएका सम्झौता कार्यान्वयन नहुँदा र आधिकारिक निर्णय नहुँदासम्म शंका गर्नेछ, हामीलाई झुक्याउन खोजिएको रहेछ भने जुन विन्‍दुमा आन्दोलन रोकिएको थियो त्यही विन्दुबाट आन्दोलन सूचारु हुन्छ ।’

यसअघि सामान्यसँग सल्लाह गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन प्रक्रियाको विरोधमा आन्दोलन गरिरहेका चिकित्सकसँग वार्ता गरी १५ दिनको समय माग गरेको थियो । सो समय सकिन लाग्दा  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले भने चिकित्सकहरुको माग सम्बोधन हुने गरी काम भइरहेको बताएको छ । मन्त्रालय स्रोतका अनुसार सरकारी चिकित्सक संघ (गोदान) सँग यसअघि भएको  सहमतिअनुसार नै पुल दरबन्दी राखेर नमिलेको विषय समेट्ने तयारी भएको बताएको छ ।

तपाईको प्रतिक्रिया