Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको एउटा अध्ययनले देखाएको छ ।

संसारका १४० देशका १५०,००० भन्दा बढी मानिसहमा गरिएको अध्ययनमा उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन् । वार्षिक ग्यालप ग्लोबल इमोशन्स रिपोर्टले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरू सोध्ने गर्छ ।

प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो । अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन् ।

सहभागीहरूलाई ‘के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो’ र ‘के तपाईँलाई सम्मानजनक व्यवहार गरियो’ भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन् ।

सकारात्मक अनुभव हुने ५ राष्ट्रहरू
-पाराग्वे
-पानामा
-ग्वाटेमाला
-मेक्सिको
-एल साल्भाडोर

नकारात्मक अनुभव हुने ५ राष्ट्रहरू
-चाड
-नाइजर
-सियरा लियोगन
-इराक
-इरान

बीबीसीले उल्लेख गरेअनुसार ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन् । ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो ।

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन् । चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन् । चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ ।

५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ । अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ ।

तपाईको प्रतिक्रिया