काठमाडौँ – शुक्रबारबाट एकसाथ प्रदर्शनमा आएका चलचित्र ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ को प्रतिस्पर्धा बलियो रहेको छ । एकातिर अनमोलको स्टार्ड्रम र अर्को तिर सलीनले पहिलो चलचित्रबाट कामाएको प्रशंसाको परिक्षा भैरहेको छ ।
‘यात्रा’को लागी बिजनेसमा ठुलो असार पर्ने अनुमान चलचित्र समिक्षकले गरिरहेका छन् तर सुरुवाती विजनेशमा ठूलो असर पुगेको भएता पनि शुक्रवार राम्रो व्यापार गरेको वितरक तथा निर्माता शुशील पोखरेलले बताएका छन् । उनले शुक्रवार फिल्मले देशभर ६० प्रतिशत ओपनिङ अकुपेन्सी कायम गरेको बताए । ‘‘वर्ड अफ माउथ’ बलियो भएको र हेरिसकेका दर्शकले चलचित्र राम्रो बनेको बताएका छन् लगानी उठ्नु न उठ्नु अर्को कुरा भएको शुशिलाले बताए ।
प्रीमियरमा चलचित्र हेरेका अधिकांश कलाकारले चलचित्रबारे राम्रो प्रतिकृया दिएका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताइन् । ‘युथलाई जुरमुराउनका लागि यो फिल्मले ठूलो भूमिका खेल्छ’, उनले थपिन् । सिताराम कट्टेल र कुञ्जना घिमिरे, रेखा थापा, सन्दीप क्षेत्री, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले चलचित्र राम्रो बनेको र ‘ए मेरो हजुर २’ मा आफुलाई निखार्न नसकेका सलीनको अभिनय उत्कृष्ट बनेको बताएका छन् ।चलचित्रका अर्का कलाकार रेयर राई जो आफुले निभाएको भूमिकालाई न्याय गर्न सफल भएका छन् । उनको अभिनयलाई चलचित्र हेर्नेले तारिफ नगरिबस्न सक्दैनन् ।
झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ सँगको प्रतिस्पर्धामा उत्रीएको यात्राले आइतबारबाट पिक लिने निर्माता शुशील पोखरेलले बताएका छन् ।