Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाली कलाकारिता क्षेत्रको दायरा विश्वसामु फैलिसकेको छ । खासगरी विदेशमा रहेका नेपाली समुदायलगायत मुलुकका विभिन्न ठाउँमा हुने मेला महोत्सवदेखि टेलिभिजनमा सुरु भएका फ्रेन्चाइज शोसम्म नेपाली कलाकारको पहुँच बढेको छ ।

यसबाहेक वित्तिय संस्थाको ब्रान्ड एम्बेस्डर, निजी प्रडक्टका विभिन्न विज्ञापनमा पनि उनीहरूको व्यावसायीक छलाङ हुन थालेको छ । समाचारहरूमा उल्लेख गरेअनुसार कतिपय कलाकारले फिल्म अभिनयका लागि नै २५ देखि ५० लाखसम्म पारिश्रमिक लिन्छन्, अभिनेत्रीको हकमा १५ लाखसम्म हुने गरेको विवरण देखाउने गरिएको छ ।

विदेशका कार्यक्रममा कम्तिमा पनि एउटा शोको चोखो २ लाख भन्दा बढी नगद लिने गरेका छन् । कलाकारले यति धेरै आम्दानी गर्दा राज्यलाई कति कर तिर्छन् ? उनीहरूले राज्यका निकायमा आयकर तिरेका छन् त ?

‘केहीबाहेक करको दायरामा आएको हामीले देखेका छैनौं, व्यक्तिले तिरेको रेकर्ड पनि कमैमात्र छ’, आयकर विभागका एक अधिकारी भन्छन्,‘कलाकारले तिरेको त रेकर्ड कोट्याउनै पर्छ ।’

बलिउडमा राम्रो आम्दानी गर्ने कलाकारले आफ्नो हिस्साको कम्तिमा ३५ प्रतिशतसम्म आयकर बुझाउनुपर्छ । यो अनिवार्य नियम नै हो । धेरैले बुझाउने गर्छन् । त्यसैवापत सरकारले उनीहरूलाई सुरक्षा पनि दिने गरेको छ । कतिपय कलाकारले भने कमाईको ९० प्रतिशतसम्म खर्च गरी १० प्रतिशतमात्र निजी प्रयोगका लागि राख्ने गरेका छन् ।

टेलिभिजन शोकै कुरा गर्दा, कपिल शर्माले अघिल्लो बर्ष सबैभन्दा बढी आयकर बुझाएका थिए । यो भारतीय सरकारी निकायका विवरणहरूमा देखिन्छ । तर, नेपाली कलाकारले आम्दानीको ५ प्रतिशत पनि आयकर बुझाएका छैनन् ।

बलिउडको सिको गर्दै केहीले फाउन्डेशन खोलेका छन् । खासगरी धुर्मुस सुन्तली, रेखा थापा, श्वेता खड्का राजेशपायल राईलगायतको फाउन्डेशन छ । यस मध्ये महत्वकांक्षी योजना र कामचाहिँ धुर्मुस सुन्तली फाउन्डेशनले गरिरहेको छ । थापा, खड्का र राईका फाउन्डेशनले पनि यदाकदा काम गरिरहेका छन् ।

फाउन्डेशनमा आफ्नो आम्दानीको हिस्सा भन्दा पनि सहयोग माग्ने चलन बढाइएको छ । जुन, सरासर गलत हो । फाउन्डेशनले कतैबाट सहयोग ल्याउने भन्दा पनि आफ्नो आम्दानीको हिस्साका साथै रकम आर्जनका लागि सीपमुलक काम र व्यापार पनि गर्दै आएका विश्वव्यापी उदाहरण छन् । कर नतिर्ने कलाकारले फाउन्डेशन खोल्ने क्रम बढीरहेको छ जहाँ चन्दा रकम असुल गर्ने वा माग गर्ने चलन बढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया