Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर आज स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गर्नुभयाे । उहाँले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाएको दाबी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन आग्रह गर्नुभयाे ।

सरकारले चालू आर्थिक वर्षभित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम सुरू गरेको छ । कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

हाल विश्वभर करिब ३० करोड मानिसहरू डिप्रेसनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरूको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । डिप्रेसनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिबी  र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ  ।

तपाईको प्रतिक्रिया