Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – आज टोकियोमा दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले हुन गईहेको छ । उक्त कार्यक्रमका लागि आमन्त्रित मिस नेपाल २०१८ का बिजेता श्रृंखला खतिवडासहितका कलाकाहरु सबै जापान आईपुगेका छन् ।
जापानमा रहेका नेपाली किशोरीहरुको बौद्धिकता, क्षमता र सुन्दरता प्रस्फुटनको अवसर प्रदान गर्ने उदेश्यले मिस जापान नेपालको आयोजना गरिएको आयोजकले बताएका छन् । ।

प्रतियोगितामा सहभागीलाई तालिमसहित निर्णायकको भूमिकामा मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरले सहयोग गर्ने आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ‘मिस जापान-नेपाल’को फिनालेमा निर्णायकको रुपमा मिस नेपालसहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागीता रहनेछ । ग्राण्ड फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ का बिजेता खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती र कोरियाग्राफरमा प्रियारानी लामा रहने भएका छन् ।

‘मिस-जापान नेपाल’ विजेतासहित फस्ट रनर अप र सेकेण्ड रनरअपले नगद पुरस्कार, क्राउन तथा सम्मानपत्र पाउने आयोजकले जनाएको छ । तीन शीर्ष टाईटलसहित यसपटक अन्य १५ विषयका प्रतिभालाई पुरस्कृत गरिने कार्यक्रमका संयोजक रहनुभएका निराजन गैरेले जानकारी दिनुभयो । त्यसैअनुसार १५ टाईटल निर्धारण समेत गरिएको समेत उहाँले बताउनुभयो । फिनाले टोकियो नाकानोस्थित नाकानो जिरो हलमा अपरान्ह ४ बजेदेखि हुने बताईएको छ ।
कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन जापानवासी नेपालीहरुमा आयोजकले अपिल गरेका छन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया