Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ । तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ ।

खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पुर्‍याउन सक्छ । ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ । आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ?

१. जन्मको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध अर्थात् स्तनपानमात्र गराउनुपर्छ । 
२. ६ महिनापछि उमालेर सेलाएको पानी चम्चाले दिनुपर्छ, केही समयपछि सानो ग्लासमा दिन सकिन्छ ।  
३. ध्यान दिनुहोस्, बच्चालाई कुनै पनि उमेरमा बोतलबाट दूध या पानी नदिनुस् । 
४. ६ महिनापछि बिस्तारै सामान्य चिजहरुलाई आहारमा सामेल गर्न सकिन्छ । 
५. घरमै तयार पारिएको दाल, जाउलो अलि-अलि दिन सकिन्छ । 
६. छैटौं महिनामा केरालाई दूधमा दिन सकिन्छ । बिस्तारै स्याउ, मेवा, आँपजस्ता फलफूल बच्चाको आहारमा सामेल गर्नुपर्छ । 
७. सातौं महिनामा राम्ररी पकाइएको तरकारी मसिनो बनाएर खुवाउन सकिन्छ । 
८. नौ महिनाका बच्चालाई गाई या भैंसीको दूध गिलासमा दिन सकिन्छ । तर के ध्यान दिनुपर्छ भने बच्चाले जहिलेसम्म आमाको दूध खान्छ, त्यतिबेलासम्म निरन्तर खुवाईरहनुपर्छ । 
९. एक वर्षपछि सन्तुलित र पूर्ण आहार दिनुपर्छ । 
१०. बच्चालाई सानै उमेरमा जंकफुड खुवाउनुहुन्न । सानै उमेरमा जंकफुड खुवाए पछि त्यो लत बन्न सक्छ र स्वास्थ्यमा असर पर्छ ।

तपाईको प्रतिक्रिया