Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपालको आर्थिक वृद्धिदर चालू आव (सन् २०१९) मा ६.२ प्रतिशत रहने एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । नेपालको पछिल्लो आर्थिक अवस्थाको अपडेट गर्दै एडीबीले यस्तो वृद्धिदरको अनुमान निकालेको हो ।

एडीबीका अनुसार सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहनेछ । ‘आन्तरिक मागको बलियो स्थिति देखिएकाले आर्थिक वृद्धिदर स्थिरतातर्फ उन्मुख छ’, एडीबीका नेपालका लागि देशीय निर्देशक मुख्तोर खामुदखानोभले भने, ‘प्रदेश र स्थानीय सरकारलाई ठूलो मात्रामा बजेट विनियोजन गरिएको र भूकम्पपछिको पुनर्निर्माणले पाएको तीव्रताले यसलाई मलजल गरेको छ ।’

यद्यपि वित्तीय संघीयता कार्यान्वयन र आर्थिक अनुशासन कायम गर्न नसके वृद्धिदरको स्थिति जोखिमपूर्ण हुनसक्नेतर्फ पनि एडीबीले सचेत गराएको छ। निर्देशक मुख्तोरका अनुसार यस्ता चुनौती पन्छाउन सके नेपालको आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सक्छ । एडीबीले कृषि क्षेत्रको वृद्धिदर सन् २०१८ मा २.८ प्रतिशतले बढेर अर्को वर्ष ४.५ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया