Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७६ अर्ब ९ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ । बैंकले झुत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १८ चैतसम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुपैयाँ जलाइएको छ । त्यस्तै, आव २०७४/७५ मा ५६ अर्ब ४० करोड ५७ लाख ७० हजार ३३८ र आव २०७३/७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार ४९५ रुपैयाँ नष्ट गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आव २०७२/७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४३ हजार ७०५ रुपैयाँ पुराना तथा झुत्रा नोट नष्ट गरेको थियो ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा राष्ट्र बैंकका विभिन्न शाखाबाट संकलित नोट फेरि चलनचल्तीमा नआऊन् भन्ने उद्देश्यले लेखाजोखा गरी जलाउने गरिन्छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने, ‘संकलित पुराना तथा झुत्रा नोट केन्द्रीय बैंकमा जम्मा भएपछि पुनः चलनचल्तीमा ल्याइँदैन । कानुनी प्रक्रिया पु¥याएर जलाइन्छ ।’

 

राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा नष्ट गर्नुपर्ने त्यस्ता पुराना तथा झुत्रा नोटको परिमाण बढ्दो छ । सर्वसाधारणले नोटको प्रयोगमा हेलचेक्र्याइँ गरेकाले त्यस्ता नोटको परिमाण बढेको हो । राष्ट्र बैंकका अनुसार सामान्यतया नोटको आयु ठूला–सानामा फरकफरक हुने गर्छ । ५ सय र हजार रुपैयाँ दरका नोटको आयु साढे तीन वर्षभन्दा बढी र पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु साढे दुई वर्षको हुने गर्छ । तर, यो राष्ट्र बैंकको अनुमानित आयु मात्रै हो । यो आयु अध्ययनमा आधारित भने होइन ।
राष्ट्र बैंकका अनुसार पुराना, झुत्रा, लेखिएका मैला, च्यातिएका तथा अंगभंग भएका नोट केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकअन्तर्गतका उपत्यकाबाहिरका सातवटा शाखामा संकलन गरिन्छ । म्याद गुज्रिएका त्यस्ता झुत्रा नोटमा रातो ट्याग लगाएर राखिन्छ । जलाउन तयार पारिएका ५ सय र हजार दरका नोटका विभिन्न चार स्थानमा मेसिनद्वारा प्वाल पारेर जलाइन्छ । प्वाल पार्नुको अर्थ सो नोट पुनः प्रयोग नहोस् भन्ने भए पनि साना दरका नोटमा भने प्वाल नपारिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्ता पुराना तथा झुत्रा नोट नष्ट गर्नुअघि नोटलाई नमुना परीक्षण गरिन्छ । प्रमुख निरौलाले भने, ‘-यान्डम स्याम्प्लिङ विधिबाट नोटको नमुना परीक्षण गरेर मात्रै जलाउने प्रक्रिया सुरु गरिन्छ ।’ त्यस्ता नोट नष्ट गर्दा मुद्रा व्यवस्थापन विभाग प्रमुखको संयोजकत्वमा समिति बनाइन्छ । सो समितिमा सरकार तथा आन्तरिक लेखापरीक्षण विभागलगायत विभिन्न निकायका प्रतिनिधि रहन्छन् । राष्ट्र बैंकले स्थापनाकालदेखि नै झुत्रा नोट जलाएर नष्ट गर्ने शैली अपनाउँदै आएको छ । तर, पछिल्लो समय विकल्प खोजिरहेको निरौलाले बताए ।

राष्ट्र बैंकले हरेकपटक नयाँ नोट बजारमा ल्याउने गरेको छ । बैंकले नोटमा केरमेट नगर्न, रङ, टीका नलगाउन तथा नयाँ नोटको संरक्षण गर्न सबैमा आग्रह गर्दै आएको छ । राष्ट्र बैंकको आग्रह नमान्ने तथा नोटमा केरमेट गरे वा नष्ट गर्न खोज्नेलाई कम्तीमा तीन महिनासम्म जेल सजाय वा ५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने मुलुकी अपराध संहिता ऐन, २०७४ मा व्यवस्था छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया