Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सा जिल्लाहरुमा हावाहुरी प्रतिकार्यका लागि आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई बिहान ९ बजेदेखि सक्रिय बनाएको छ । आज बिहान नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाको संयोजकत्वमा बसेको आकस्मिक वैठकले आपत्कालिन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरको हो ।

केन्द्रवाट वारा र पर्सा जिल्लाहरुमा स्वयंसेवक परिचालन तथा तयारी खाना वितरणका लागी सहयोग स्वरुप  तत्कालै एकलाख पच्चीसहजार नगद पठाउने निर्णय भएको विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘गैह्खाद्द सााग्री वितरणका लागि वीरगंज गोदामघरवाट तत्काल वारा जिल्लामा २०० सेट सामाग्री पठाइने छ । यसका अलावा मनोसामाजिक सहयोगका लागी प्रभावित क्षेत्रहरुमा आवश्कताका आधारमा तालिम प्राप्त जनशक्तिको परिचालन व्यवस्था मिलाइने छ ।’

दैनिक प्रतिवेदन तयार गर्ने, जिल्लाबाट अवस्थाको विवरण संकलन गर्ने, राष्ट्रिय प्रतिकार्य टोली खटाउन समन्वय गर्ने, गृहमन्त्रालय र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने, क्षतिग्रस्त स्थलमा जाने जस्ता टोलीहरु पहिचान गरिएको र उनीहरुले काम सुरु गरिसकेको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिनुभयाे । वढी क्षतिग्रस्त बारा जिल्लामा जिल्ला शाखालाई थप सहयोग, समन्वय र लेखाजोखाका लागि  केन्द्रीय कार्यालयबाट वरिष्ठ अधिकृत राजेन्द्र रोकाहा र बाराबाट जिल्लाबाट सुनरमन महत्तोलाई परिचालन गरिएको छ ।

त्यस्तै पर्सामा वरिष्ठ अधिकृत सन्तोष न्यौपाने र उमेश मिश्रलाई आजैदेखि खटाइएको छ । सम्पूर्ण व्यवस्थापन र थप निर्णयका आवश्यक परेमा नेरेसो तयारी अवस्थामा रहेको जानकारी दिदै कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले भन्नुभयाे- ‘तत्कालको अवस्था जाँचमा मोबाइल फोन एप्लिकेशन प्रयोग गरिने तयारी छ ।’

बारामा वढी क्षती
हिजो चैत्र १७ गते करिब ८ बजे राती आएको हुरीबतासका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । वारा र पर्साका करिव ५०० जना घाईते वीरगंज स्थित नारायणी क्षेत्रिय अस्पताल, नेशनल मेडिकल कलेज, गण्डकी अस्पताल र वीरगंज हेल्थ केयरमा उपचार भइरहेकोमा केहि घर फर्केको पर्सा रेडक्रसले जनाएको छ ।

राती आकश्मिक रक्तदान गर्नुकासाथै एम्बुलेन्स र आरकेट (Red Cross Action Team) प्राथमिक उपचारक टिम परिचालन गरिएको थियो । वारा जिल्लामा २७ जनाको मृत्यु भएको र करिव २५० जना स्थानिय अस्पतालमा उपचारार्थ रहेको अवस्था छ ।  फेटा गापाको विनवलिया, फेटा र पुरौनिया, परसौनी गापाको भरवलिया र खुटवाजवदी, कलैया उनपाको धर्मनगर, माहगढीमाई नपाको तेलकुवा र तेलगाई, शुवर्ण गापाको हर्दिया, परसुरामपुर र वगही त्यस्तै पचरौटा नपाको भेनौली वढी प्रभावित भएका छन् ।

नेरेसो वारावाट द्रुत सर्वेक्षणका लागी घटना तत्तकालै स्वयंसेवक परिचालन गरिएको र आज विहान ९ वजे डीडीआरटीको वैठकवसी थप सर्वेक्षणकालागी रेडक्रस, सुरक्षानिकाय, ध्ब्क्ज् कल्स्टर र सम्वन्धीत प्रभावित वडाका वडा अध्यक्षको सर्वेक्षण टोली  परिचालन  गरिएको बारा रेडक्रसले जनाएको छ ।    नेरेसो उपशाखा र स्थानिय सरोकारवालहरुको समन्वयमा तयारी खानाको व्यवस्थापन गरिएको छ ।  पर्साका ठोरिमा १२, जगरनाथपुरमा २१०, सुखचैनामा २६ थान त्रीपाल डोरि घरबिहिन परिवारहरुका लागि उपलब्ध गराइएको छ

वारा जिल्लामा  २०० थान त्रिपाल र डोरी, वाल्टीन ५०० थान र म्याट १०० थान मौज्दात राखिएको छ । तर, करिव ५०० परिवारको गैह्खाद्द राहात समाग्री आवश्यक पर्नेछ ।  नेरेसो वीरगंज गोदामघरमा हाल २,२०० परिवारको को गैह्खाद्द राहात समाग्री मौज्दात रहेको छ ।

रगतको व्यवस्था पर्याप्त छ
नेरेसो रक्तसञ्चार केन्द्र, बीरगंजमा ४०० यूनिट रगत र रक्ततत्व व्यवस्था गरिसकिएको छ । पर्साका रक्तसञ्चार इन्चार्ज सौरभ पाण्डेले भन्नुभयाे, ‘तत्कालको लागि मौजुदा रगतको भण्डारन पर्याप्त छ । तर, मागको प्रकृति र संख्या यकिन नभएकोले रक्तदाताहरु तयार रहन आवश्यक छ ।’

हिजोदेखि ४ पर्सामा पिन्ट रगत सप्लाई गरिसकिएको छ । वीरगञ्ज नगरपालिकाले निशुल्क रगत प्रदान गर्ने काममा  सहयोग गरिरहेको छ । यता काठमाडौमा पनि हुरीवतास प्रभावित विरामीहरुका लागि माग भई आएमा  निशुल्क रगत उपलव्ध गराउन रक्तसञ्चार केन्द्र काठमाडौले आवश्यक व्यवस्था मिलाउने छ ।

तपाईको प्रतिक्रिया