Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेपाल मेडिसिटी अस्पतालले नेपालको पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर हस्पिटल हेल्थ केयर प्रोभाइडर्स (एनएविएच)मान्यता प्राप्त गरी इतिहास रच्न सफल भएको छ । यो मान्यता प्राप्त भएसँगै मेडिसिटी अस्पताल विश्वस्तरीय अस्पतालको सूचीमा सूचीकृत भएको छ । अस्पतालको सेवा, जनशत्तिलका व्यवस्थापन, विश्वस्तरीय प्रविधि, विरामी मैत्री पूर्वाधार तथा अन्तराष्ट्रिय मापदण्डको सही व्यवस्थापनले अस्पताल विश्वस्तरीय मापदण्डमा सूचीकृत हुन सफल भएको हो ।

अस्पताल विश्वस्तरीय बन्न सफल भएको खुसीयालीमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताए । उनले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र नपुग्ने भन्दै स्वस्थ्य पनि हुनुपर्ने धारणा राखे ।

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उनले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको बताए ।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताए । हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया