Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

 

काठमाडौँ – बेलायतको सुन्दरी प्रतियोगिता मिस इंग्ल्यान्ड २०१९ का लागि एक नेपाली मैदानमा उत्रिएकी छन् । अल्डरसट निवासी प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा राउतले मिस इंग्ल्यान्ड फोटो हिटमा प्रतिस्पर्धा गर्दै छिन्  ।

फोटो हिट फाइनलिस्टमा पुगेकी प्रतिष्ठाले आफूलाई मत दिन अपिल गरेकी छन् । पब्लिक भोटले उनलाई मिस इंग्ल्यान्ड प्रतियोगितामा प्रवेश गराउनेछ । पब्लिक भोट सुरु भइसकेको र यसको समयसीमा ९ अप्रिलमा समापन हुने उनले बताइन् ।

आगामी जुन २०१९ मा हुने प्रतियोगताको सेमिफाइनलमा पुग्न प्रतिष्ठालाई पब्लिक भोट आवश्यक छ । सेमिफाइनल पुग्ने प्रतियोगीले स्पोर्टस् एन्ड इको फेसन राउन्डमा सहभागिता जनाउन पाउनेछन् । मिस इंग्ल्यान्ड उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होली-डे प्याकेज र मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएका छन् । तृष नामले समेत चिनिने प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी उनले १७ वर्षमै मोडलिङ थालेकी हुन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया