Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – क्यान्सर एउटा डरलाग्दो रोग हो । यो रोग शरीरका विभिन्न अंगमा लाग्ने गर्छ । क्यान्सरको विभिन्न किसिम हुन्छ । यसमध्ये प्यांक्रियाजमा हुने क्यान्सर पनि एउटा हो ।

जसलाई प्यांक्रियाज क्यान्सर भनिन्छ । प्रारम्भिक अवस्थामा यसको लक्षण पहिचान गर्न गाह्रो हुन्छ । त्यसैले यसलाई साइलेन्ट किलर भनिन्छ । प्यांक्रियाज क्यान्सरको प्रारम्भिक लक्षण यति सामान्य हुन्छ कि त्यसलाई क्यान्सरको लक्षण मान्न पनि मुस्किल हुन्छ । तर, जब क्यान्सर हो जस्तो महसुस हुन्छ, तबसम्ममा यसले विकाराल रूप लिइसकेको हुन्छ । अर्थात्, यो क्यान्सर सजिलै पत्ता लगाउन सकिँदैन ।

आजको व्यस्त जनजीवन, अनियमित जीवनशैलीका साथै अस्वस्थ खानपान र मिसावटयुक्त खानाका कारण यो क्यान्सरका रोगी बढेको देखिन्छ । यसबाहेक धूम्रपान, मद्यपान, रातो (काँचो) मासु वा चिल्लो खानेकुरा खाँदा यसको खतरा बढी हुन्छ ।

यस्ता छन् लक्षण ?
१. पेटको माथिल्लो भागमा पीडा हुनु ।
२. छाला, आँखा र पिसाबको रंग पहेँलो हुनु ।
३. भोक नलाग्नु ।
४. बान्ता हुनु ।
५. कमजोरी महसुस हुनु र तौल घट्नु ।

किन गाह्रो छ पहिचान गर्न ?
१. प्यांक्रियाज शरीरको धेरै भित्र रहेको हुन्छ । बाहिर देखेर वा छोएर यसलाई पत्ता लगाउन सम्भव हुँदैन ।
२. प्यांक्रियाज पेटको धेरै भित्र हुने भएकोले यसको क्यान्सरको गाँठो पत्ता लगाउन गाह्रो हुन्छ ।
३. प्यांक्रियाज क्यान्सरको सुरुवाती अवस्थामा पेटको दुखाइ पनि थाहा हुँदैन । दुखाइ भए पनि प्रायः मानिस पेनकिलर खाएर टार्छन् ।
४. केही लक्षण अन्य रोगसँग पनि मिल्ने हुनाले यसको पहिचान गर्न गाह्रो हुन्छ ।
५. यसको प्रारम्भिक लक्षण जन्डिस, हेपाटाइटिस, पत्थरीजस्ता रोगसँग पनि मिल्ने गर्छ ।

तपाईको प्रतिक्रिया