Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – आज रङहरूको पर्व फागुपूर्णिमा (होली)को दिन हो । पछिल्लो समयमा होली फेरिएको छ । हिजोआज जथाभावी रङ दल्ने, फोहर पानीको प्रयोग गर्ने, रङको सट्टामा अन्य वस्तु प्रयोग गर्ने गरिन्छ । जसले छालामा असर पुर्‍याउँछ । अब जानौँ यसले पुर्‍याउने असर र बच्ने उपायबारे :

रङका असर 
होलीमा विभिन्न रङसँगै इनामेलसमेत प्रयोग गरिने गरिएको छ । यस्ता पदार्थमा स्वास्थ्यलाई हानि पुर्‍याउने रसायन हुन्छन् । प्रायः बजारमा पाइने होलीका विभिन्न रङ तथा पाउडरमा लेड अक्साइड, प्रस्योन ब्लु, कपर सल्फेट, मर्करी सल्फाइड, सिलिकाजस्ता रसायनको प्रयोग गरिएको पाइन्छ ।

त्यस्तै रङलाई चम्किलो बनाउन विभिन्नखाले ग्लास पाउडरसमेत प्रयोग हुन्छन् । जुन छालाका लागि हानिकारक हुन्छन् । यसले छालामा एलर्जी ल्याउँछ । छाला सुक्खा हुने र छालाका रोग भएकाहरूका लागि यस्ता रङ एकदमै हानिकारक हुन्छन् । रङ चाँडो नधोएमा (दिनभर राखेमा) स्वस्थ व्यक्तिमा पनि उस्तै समस्या देखा पर्न सक्छ ।

बच्ने उपाय

-पानीमा रङ मिसाएर होली खेल्दा विभिन्न इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले, फोहोर पानी प्रयोग गर्नुहुँदैन ।

-खासगरी घाममा बसेर होली खेल्दा सामान्य रङले पनि असर गर्छ । त्यसैले, घाममा सकेसम्म होली नखेल्दा राम्रो ।

-सामान्यतया बजारमा पाइने हरेकजसो रङले साइड इफेक्ट गर्छन् । त्यसमा पनि चम्किने खालका रङ झनै प्रयोगमा ल्याउनुहुँदैन ।

-आँखामा रङ अथवा पानी पर्न दिनुहुँदैन । सकेसम्म चस्माको प्रयोग गर्नु राम्रो हुन्छ, जसले सजिलै रङ भित्र पस्न दिँदैन ।

-लामो समयसम्म छालामा रङ राख्नुहुँदैन । छिटो पखाल्न आवश्यक हुन्छ ।

-छालामा असर पर्न नदिन सनब्लक तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

-कपालमा जरामा हानि गर्ने भएकाले तेल प्रयोग गर्नुपर्छ ।

-शरीर पूरै ढाक्ने लुगा लगाएमा छालामा सीधै रङको असर देखिँदैन ।

तपाईको प्रतिक्रिया