Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – विभिन्न वायु सेवा कम्पनीहरुले करिब २ अर्ब ३५ करोड बक्यौता रकम बुझाउन बाँकी रहेको खुलासा भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एयरलाईन्स, सौर्य एयर लाईन्स, एयर इन्डियालगायतका विमान कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब २ अर्ब ३५ करोड बराबरको ठूलो परिमाणको बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिनुभएकाे हाे । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले ती बक्यौता रकम मध्ये ५० लाख भने भुक्तानी हुने क्रममा रहेको पनि बताउनुभयाे ।

यता, समितिका सदस्यहरुले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलमेतोमा सो बक्यौता रकम समेत हिनाहिना भएको हुन सक्ने आशंका गर्दै आक्रोश व्यक्त गरेका थिए । समितिका सदस्य राजन्द्रकुमार केसीले अरबाैंको रकम गैरजिम्मेवार ढंगले उठाउने काम नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गर्नुभयाे । उहाँले विमानस्थलका कर्मचारीहरुले अदालतलाई देखाएर पनि सो बक्यौता रकम हिनामिना गरेको हुन सक्ने आशंका पनि व्यक्त गर्नुभयाे ।

समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुमाथि प्रश्न गर्नुभएकाे थियाे । उहाँले हिनामिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीहरुबाट हुने गरेको आरोप लगाउँदे सैह्य नहुने चेतावनी दिनुभयाे ।

यता, त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिना भित्र सो बक्यौता रकम असुल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुन अनुसार ३ महिना भित्र पनि सो बक्यौता रकम असुल नगर्ने कम्पनीको विमान संचालनमा रोक लगाउने चेतावनी दिनुभयाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायु सेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकि बक्यौता रकम धेरै भएको पाइएपछि त्यससम्बन्धमा सार्वजनिक लेखा समितिले आइतबार सरोकारवाला निकायसँग छलफल गरेको हो । समितिले कुन-कुन कम्पनीको कति बक्यौता रकम बुझाउन बाँकि रहेको हो? त्यसको सम्पूर्ण विवरण झिकाएर दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया