Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – नेपालमा रहेका पुराना भारतीय रुपैयाँ सटही नगरेको भारतले दुई सय र पाँच सय दरका नयाँ नोट नेपाल ल्याउन अनुमति दिएको छ । नेपाल राष्ट्र ब्याङ्कको अनुसार भारतीय केन्द्रीय ब्याङ्क आरबीआईले नेपालको अनुरोधमा सकारात्मक जवाफ दिएको हो ।

भारतबाट पैसासहित फर्कनेहरूका लागि पनि यस व्यवस्थाले सहज हुनेछ । तर नेपाल आइपुगेका नोटहरू के हुने भन्ने सम्बन्धमा स्पष्ट जवाफ नआएकोले यसको तत्काल उपयोगिता देखिएको छैन ।

चारवटा आग्रह
राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार राष्ट्र ब्याङ्कले आरबीआईसँग नेपालमा ठूला दरका नोटका सम्बन्धमा चारवटा विषयमा पत्र लेखेको थियो ।

पत्रमा लेखिएका चार कुरा :-
-दुई सय र पाँच सय दरका नयाँ भारतीय नोट नेपालमा ल्याउने सुविधा,
-नेपालमा आइपुगेका ती दरका नोट फिर्ता लाने व्यवस्था,
-नेपालका ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई ती दरका नयाँ नोट साट्न अनुमति, र
-भारतले प्रतिबन्ध लगाएपछि नेपालमा थन्किएका पुराना पाँच सय र एक हजार रुपैयाँका नोट साटिदिने व्यवस्था

नेपालका चारवटा आग्रहमध्ये आरबीआईले पहिलो अनुरोधमा सकारात्मक जवाफ पठाएको छ ।

अस्पष्ट जवाफ
अन्य विषयमा भने भारतले स्पष्ट जवाफ दिएको छैन । ‘अस्पष्ट जवाफ आएकाले अन्य तीन विषयमा उसको कुरा प्रस्ट पारिदिन हामीले फेरि पत्राचार गरेका छौँ, ढुङ्गानाले भने । ‘अन्य विषयमा स्पष्ट जवाफ नआउँदासम्म हामीले ती दरका नोट नेपालमा ल्याउन दिन सक्ने अवस्था हुँदैन ।’नेपाल राष्ट्र ब्याङ्कउनका अनुसार आरबीआईले पठाएको पत्रमा भारतबाट नेपाल आउने नेपालीले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन पाउने उल्लेख गरिएको छ । तर त्यसरी नेपाल आएका भारतीय रुपैयाँ भारत लैजानेबारे भने स्पष्टता छैन ।

करिब एक महिनाअघि सयभन्दा माथिका भारतीय नोट चलाउन नेपालले प्रतिबन्ध लगाएको सार्वजनिक भएको थियो । तर ढुङ्गाना भन्छन्, ‘हामीले प्रतिबन्ध लगाएको होइन । खुला सिमाना भएकाले दुवै देशका मानिसहरू सहजै आउने जाने गर्छन् र उनीहरूमार्फत् ती नोटहरू नेपाल आउने भएकाले हामीले सबैलाई सहज बनाउन ठूला दरका नोट नेपालमा चलाउनका लागि भारत सरकारसँग अनुरोध गरेका हौं ।’

नोटमाथि भारतीय प्रतिबन्ध
भारतले सन् २०१६ को अन्त्यमा पाँच सय र एक हजारका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो । बीबीसीले उल्लेख गरेअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गैरकानुनी धन र नक्कली नोट नियन्त्रण गर्न भन्दै अप्रत्यासित रूपमा ती नोटहरूको चलनचल्ती बन्द गरिदिएको थियो ।भारुत्यसयता नेपालका ब्याङ्कहरूमा र सर्वसाधरणहरूसँग रहेका पाँच सय र एक हजार दरका पुराना भारतीय रुपैयाँ साटिदिन नेपालले भारतलाई अनुरोध गरेको थियो । नेपालकमा सर्वसाधारणलाई २५ हजारसम्म त्यस्ता नोट राख्न दिइने भारतीय नियम अनुसार त्यत्तिकै सीमामा पुराना नोट साटिन नेपालले आग्रह गर्दै आएको छ । त्यसयता त्यस्ता प्रतिबन्धित नोट साट्न भारतीय र नेपाली पक्षबीच विभिन्न चरणमा छलफल भएका छन् ।

तपाईको प्रतिक्रिया