Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको नेपाल राष्ट्र बैंकले आज १०० दरका नयाँ नोट छाफ्ने जिम्मा बेलायतको एक कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई गत सातामात्रै दिएको थियो ।

आज बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १००  दरका नयाँ नोट छाप्ने जिम्मा दिएको छ । १०० दरका ४० करोड थान नयाँ नोट कम्पनीले छाप्ने छ । यी नोटहरु ७/८ महिनाभित्र छापिएर नेपाल आइपुग्छन् । ४० करोड थानमध्ये केही दसैंसम्ममा आइपुग्ने छन् । नयाँ नोटको डिजाइन परिवर्तन गरिएको छैन ।

नयाँ नोट छाप्ने जिम्मा पाएको कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा कामको जिम्मा  लिएको छ । ‘हामी एक पटकमा न्यूनतम तीन बर्ष तीन महिनाका लागि पुग्ने गरी नोट छाप्छौं’ राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भन्नुभयाे, ‘यो नियमित काम हो ।’

तपाईको प्रतिक्रिया