Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले विदेशमा काम गर्न तथा पढ्न जानेहरुको लागि छुट्टै नीति ल्याउने तयारी गरेको छ । हाल सो नीतिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ड्राफ्ट तयार गरिरहेको  जनाइएको छ ।

आन्तरिक तथा बाह्य आप्रवासनका तथा विभिन्न देशमा काम गर्न जाने कामदार तथा पढ्न जाने विद्यार्थीहरुमा हुनसक्ने स्वास्थ्यसम्बन्धी जोखिम र न्यूनीकरणको लागि ‘राष्ट्रिय आप्रवासन स्वास्थ्य नीति २०७५’ ल्याउने तयारी गरिएको हो । खाडीका विभिन्न मुलुक तथा अन्य मुलुकहरुमा पनि काम गर्न जानेकामदारहरु धेरै बिरामी हुने तथा कामकै सिलसिलामा विभिन्न रोगका कारणले मृत्यु हुनेको संख्या धेरै रहेको बताइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक आप्रवासनका क्रममा हुने स्वास्थ्य जोखिमको छुट्टै नीतिमार्फत सम्बोधन गर्ने तयारी गरेको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बताउनुभयाे ।

हाल विदेश जादा जानु पूर्व मात्र स्वास्थ्य परीक्षण गर्ने अवस्था भए पनि अब नयाँ आप्रवासन स्वास्थ्य नीति लागू भएपछि विदेश जानेहरुको लागि चार चरणमा स्वास्थ्य परीक्षण गरिने छ । जसमा सरकार आफैले विदेश जान पूर्व, गन्तव्य मुलुकमा रहँदा र स्वदेश फर्कंदासमेत छुट्टाछुट्टै स्वास्थ्य परीक्षण गर्ने छ ।

आप्रवासन नेपालीहरुको स्वास्थ्यलाई ध्यान दिँदै बनाउन लागिएको सो नीति  निर्माणको लागि हाल मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरुको एक समितिले तयार गरेको उक्त नीतिको ड्राफ्टसमेत तयार भइसकेको छ ।

उक्त ड्राफ्ट राष्ट्रिय आप्रवास स्वास्थ्य नीति २०७५ उच्चस्तरीय समितिले पारित गरेपछि मन्त्रिपरिषद्मा लगिने तयारी छ । सरकारले विदेश गएर फर्कने प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्थाको ख्याल गर्नु मात्र नभएर भित्रन सक्ने संक्रामक रोगहरूको निगरानी, पहिचान तथा नियन्त्रण गर्दै त्यसबाट जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्य रहेको अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया