Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सरकारले नेपाली सेनाका लागि खरीद गर्न लागेको अमेरिकी एम-१६ राइफल खरीद प्रक्रिया झमेलामा परेको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच भएको ‘गभर्मेन्ट टू गभर्मेन्ट–जीटूजी’ सम्झौताअनुसार अघि बढेको हतियार खरीद प्रक्रिया भुक्तानी समस्याका कारण अप्ठ्यारोमा परेको हो ।

नेपालको सार्वजनिक खरीद ऐन र नियमावलीअनुसार हतियार खरीद वापत एकैपटक रकम भुक्तानी गर्न मिल्दैन । अमेरिकी सरकारको नियमअनुसार भने ‘जीटूजी’ सम्झैता भइसकेपछि हुने खरीदका लागि एकमुष्ठ भुक्तानी गर्नुपर्ने हुन्छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हतियार खरीद प्रक्रियामा भुक्तानीका लागि प्राविधिक समस्या खडा भएको बताउनुभयाे । रक्षा मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले भन्नुभयाे, ‘प्राविधिक कठिनाइले खरीद प्रक्रियामा ढिलाइ भएको छ, यसलाई कसरी खुलाउने भन्ने रक्षा मन्त्रालयको मात्र वशमा छैन ।’

उपप्रधानमन्त्री पोखरेलले यसलाई छिटोभन्दा छिटो खुलाउने प्रयास हुनुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट त्यसका लागि पहल गरिरहेको बताउनुभयाे । नेपाल भ्रमणमा आएका अमेरिकी रक्षाराज्यमन्त्री जोसेफ फेल्टरसँग पनि आफूले यसबारे कुरा गरेको उहाँले बताउनुभयाे । सेनासँग भएका २५-३० वर्ष पुराना राइफल विस्थापित गर्ने भन्दै यसअघिको सरकारले नै अमेरिकाबाट हतियार खरीद प्रक्रिया अघि बढाएको थियो । अमेरिकासँग ६ हजार ४९२ नाल एम-१६ राइफल खरीद गर्ने सम्झैता यसअघि नै भइसकेको छ ।

तपाईको प्रतिक्रिया