Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं  – नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको कुरा हो । तर नाममै छ धेरैथोक । कहिलेकाहीँ नामले नै सबैलाई अचम्ममा पारिदिन्छ ।  हो, त्यस्तै अचम्ममा पारिदिएको छ हालसालै भारतको बिहारको लोक स्वास्थ्य अभियन्त्रण विभागले लिएको जुनियर इञ्जिनियरिङको परीक्षाले ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागले लिएको परीक्षमा ‘सनी लियोनी’ ले टप गरेकी छिन् । उनी अभिनेत्री सनी लियोनी भने होइनन् । तर पनि यसमा सनी लियोनी पनि जोडिन आइपुगेकी छिन् । विभागमा आवेदन दिने १७ हजार आवेदकमध्ये ‘सनी लियोनी’ नाम गरेकी आवेदकले डिप्लोमामा प्राप्त गरेको अंकका आधारमा उनलाई शीर्ष स्थानमा राखिएको हो ।

तर विभागले सनी लियोनी नाम गरेको आवेदक सही हो कि  नक्कली हो भनेर शैक्षिक प्रमाणपत्रहरु भेरिफिकेसनपश्चात मात्रै पत्ता लाग्ने बताएको छ । जन्ममिति मे १३, १९९१ उल्लेख गरिएको सनी लियोनीले डिप्लोमामा ९८.५० प्रतिशत हासिल गरेको प्रमाणपत्र उल्लेख गरेको विभागका सहसचिव अशोक कुमारले बताएका छन् ।

सामाजिक सञ्जालमा समाचार भाइरल बनेसँगै अभिनेत्री सनी लियोनीले ट्वीट गर्दै रमाइलो गरेकी छिन् । उनी लेख्छिन्, हाहा, म निकै नै खुशी छु कि अर्की सनीले यति राम्रो अंक हासिल गरेकी छिन् ।’

बिहार लोक स्वास्थ्य अभियन्त्रण विभागले भने यदि आवेदक नक्कली निस्किए कारबाही गर्ने बताएको छ । अनलाइन आवेदनको दुरुपयोग गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने विभागले जनाएको छ । परीक्षामा तेस्राे स्थान हासिल गर्नेकाे नाम bvxzbnnb भएकाले पनि कतिपय आवेदन नक्कली हाे कि भन्ने आशंका गरिएकाे छ ।

तपाईको प्रतिक्रिया