Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले कम्युनिष्ट सरकारले कार्यकर्ता लगाएर पशुपति शर्माको गीत बन्द गराएको आरोप लगाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार विज्ञप्ति जारी गर्दै तरुण दलले जनप्रिय गायक शर्माको गीत ‘लुट्न सके लुट…’ बन्द गराएर सरकारले जनताको बोल्न पाउने, बिचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै घोर भ्रत्सर्ना गरेको हो ।

तरुण दलले ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ । सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ ।’

तरुण दलले नागरिकले भाग्नुपरेको परिस्थितिलाई शब्दमा उतारेर गाएको उक्त गीतमा पूर्ण समर्थन रहेको जनाएको छ । साथै, तरुण दलले शर्मालाई सम्मान गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । ***

तपाईको प्रतिक्रिया