Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं- घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

– एलोभेरा (एक प्रकारको घिउकुमारी)मा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्व पाइन्छन् ।
– नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।
– एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ ।
– क्यान्सररोगीले दैनिक ५० ग्राम एलोभेराको जुस पिएमा फाइदा गर्छ ।
– एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग
गर्न सकिन्छ ।
– एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई लामो समयसम्म जीवित राख्छ भने यसलाई मुलायम र चमकदार बनाउँछ । त्यस्तै, छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ ।
– एलोभेरा जुस खाएमा तौल घट्छ । साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ ।
– साथै, यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया