Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – बच्चा जन्माएपछि अधिकांश महिलाको तौल बढ्ने गरेको छ ।

पर्याप्त खानपान, व्यायामको कमीलगायत विभिन्न कारणले उनीहरूको तौल अनावश्यक रूपमा बढेको पाइन्छ । यद्यपि, दैनिकीलाई थोरै सन्तुलनमा ल्याउन सके अत्यधिक तौल बढ्नबाट बच्न सकिने एउटा अध्ययनले पुष्टि गरेको छ ।

-शिशुलाई नियमित स्तनपान गराउँदा तौल स्वतः घटेर जान्छ । नियमित स्तनपान गराउँदा शरीरमा तीन सयदेखि पाँच सयसम्म क्यालोरी खर्च हुन्छ ।
-नियमित १० देखि १२ गिलास पानी पिउनु आवश्यक हुन्छ । प्रशस्त पानी पिउँदा तौल कम गर्न सहयोग पुग्छ ।
–   राम्रोसँग निन्द्रा नपु-याउनु, अनावश्यक तनाव र अव्यवस्थित खानपान आदिका कारण तौल बढेर जान्छ । तसर्थ, सुत्ने समय र सन्तालिन खानपानमा
ध्यान दिनुपर्छ ।
-सामान्य व्यायाम गरेर पनि तौल घटाउन सकिन्छ । त्यसैले, बिहान–बेलुकी घरवरपर सामान्य हिँड्डुल वा व्यायाम गर्ने गर्नुपर्छ ।
–  योग गर्दासमेत तौल घट्छ । योगले शारीरिक मात्र नभई मानसिक स्वस्थमा समेत सहयोग गर्छ । यसर्थ, नियमित योग गरेर तौलसँगै तनाव पनि व्यवस्थापन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया