Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सरकारले नेपाली नागरिकको लगानीमा १९ वटा आयोजना निर्माण गरेर ३५ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा गरेको छ । सो कार्यका लागि ‘नेपालको पानी जनताको लगानी’ भनेर अभियान नै सुरु गरिएको छ ।

ती जलविद्युत् आयोजनामा सबै नेपाली नागरिकले लगानी गर्नसक्ने र विदेशमा रहेका नेपालीले समेत उतैबाट लगानी गर्नसक्ने व्यवस्था मिलाइने सरकारको दावी छ । ती सबै आयोजनामा ४९ प्रतिशत लगानी नेपाली नागरिकको हुने र बाँकी सरकार मातहतका निकायले गर्नेछन् ।

गैरआवासीय नेपालीको सहभागिता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी हुनेछ । सुरुमा प्रतिबद्धताका रूपमा १० प्रतिशत लगानी लिइने भन्दै उहाँले आयोजना ५० प्रतिशत सम्पन्न भएपछि बाँकी रकम लिइने जानकारी दिनुभयो । ‘रकमको ब्याज दिन्छौँ, १५ देखी १७ प्रतिशत नाफा जनताका लागि सुनिश्चित गर्नेगरी मुनाफामूलक बनाउँछौँ’ उहाँले भन्नुभयो ।

विदेशमा रहेका नेपालीको लगानी पनि ल्याउनेगरी तयारी गरिएको मन्त्री पुनको भनाई छ । ‘विदेशमा कामदारका रूपमा रहेका र नेपाली धेरै रहेका अन्य देशमा त्यही पैसा जम्मा गर्ने व्यवस्था मिलाइने छ’ मन्त्री पुनले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीहरुले पनि लगानी गर्न सक्ने छन् ।’

लगानी गर्न सकिने आयोजना
लगानीका लागि खुल्ला आयोजनाहरूमा ७२५ मेगावाटको अपर अरुण, ४८२ मेगावाटको किमाथाङ्का अरुण, ४९२ मेगावाटको फुकोट कर्णाली, ३७२ मेगावाटको अरुण ४, २४० मेगावाटको बूढीगण्डकी प्रोक २ र २१० मेगावाटको चैनपुर सेती लगायत रहेका छन् ।

सबैभन्दा धेरै प्रदेश नम्बर १ मा कुल १,७५१ मेगावाटका छवटा आयोजना छन् भने प्रदेश नम्बर २ मा कुनै आयोजना छैन । प्रदेश नम्बर ३ मा दुईवटा आयोजनाबाट १३३ मेगावाट, गण्डकी प्रदेशमा चारवटा आयोजनाबाट ४७५ मेगावाट, प्रदेश नम्बर ५ को एउटा आयोजनाबाट ४८ मेगावाट, कर्णाली प्रदेशका तीनवटा आयोजनाबाट ६४९ मेगावाट र सुदूरपश्चिम प्रदेशका तीनवटा आयोजनाबाट ४२३ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ।

लगानीका लागि जलविद्युत् आयोजनाहरूको शेयर ३५ दिनमा खोलिने र एउटा शेयरको मूल्य एक सय रुपैयाँको हुने बताइएको छ । एकजना नेपाली नागरिकले १० हजारदेखि १० लाखसम्मको शेयर किन्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया