Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – आवश्यकताभन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने एक अध्ययन देखाएको छ । चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक रिसर्चले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने बताएको छ ।

अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरु सहभागी थिए । जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो । यो अनुसन्धान ८ वर्षसम्म चलेको थियो । जसमा १ हजार मानिसहरु जो राती ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरुमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो । त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०.४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो ।

म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ । उनी भन्छन् ‘शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्, जसले झन् मुटु सम्बन्धी समस्या बढाउँछ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित यस रिसर्चका अनुसार लामो निद मुटु रोगको कारण हुने बताएपनि कम निदाउँदा टाउकोमा कस्तो असर पर्छ त्यो अनुसन्धानमा उल्लेख गरेको छैन् । –एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया