Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सामान्ययता (धुमपान) चुरोट खाने बानी परेकाहरुलाई यसको लत छुटाउन निकै मुस्किल हुन्छ । अब त छोड्छु भनेर पटक पटक अठोट लिएपनि वास्तवमा यसको लत छुटाउन अधिकांशले सकेका हुँदैनन् ।

धुमपान स्वास्थ्यका लागि हानिकारक रहेको थाहा हुँदाहुँदै पनि यसको लत छुटाउन नसक्दा सेवनकर्ताहरु शारीरिक, मानसिक तथा सामाजिक समस्या भोग्न बाध्य छन् । धुमपानको लत छुटाउन नसकेकाहरुलाई हानि कम पुर्‍याउने दाबीका साथ ई सिगरेट बजारमा ल्याइएको छ । तर स्वास्थ्यका लागि इ सिगरेट पनि उत्तिकै हानिकारक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

ई सिगरेट हेर्नमा आम सिगरेट भन्दा फरक रहेपनि स्वास्थ्यका लागि हानिकारक नै रहेको उनीहरुको भनाई छ । यसमा रहेको निकोटीनले स्वास्थ्यमा नराम्रो असर पार्छ । आजभोलि मानिसहरु हानि नहुने भन्दै आम सिगरेटको सट्टा ई सिगरेटको प्रयोग गरिरहेका छन् । धुँवा दिने सिगरेट भन्दा ई सिगरेटले स्वास्थ्यलाई नोक्सान नपुगाउने उनीहरुको धारणा छ ।

के हो ई सिगरेट ?


ई सिगरेट व्याट्रीबाट चल्ने एउटा यस्तो डिभाइस हो जसमा लिक्विड भरिएको हुन्छ । यसमा निकोटीन र यस्तै अरु हानिकारक केमिकलको घोल राखिएको हुन्छ ।

निकोटीनको लत


निकोटीन आफैमा एक नशालु पदार्थ हो जसको सेवन मानिसहरुका लागि लतमा परिणत हुन्छ । त्यसकारण मुटु सम्बन्धी रोगीहरुले ई सिगरेटबाट पनि टाढा रहनुपर्छ ।

वैज्ञानिक खोजमा भनिएको छ कि यसबाट धमनीमा गम्भीर असर पर्न सक्छ । यसको लत बस्यो भने डिप्रेशनको समस्या पनि हुन सक्छ ।

गर्भवतीका लागि हानिकारक


गर्भवती महिलाका लागि ई सिगरेट खतरनाक सावित हुन सक्छ । यसले गर्भमा रहेको शिशुमा नराम्रो असर पर्न सक्छ ।

स-साना बालबालिकाको अगाडि पनि यसको सेवन गर्नु हुँदैन किनभने यसले उनीहरुको दिमागी विकासमा असर पार्छ ।

बास्नादार केमिकलले क्यान्सरको खतरा


ई सिगरेटमा निकोटीनका साथसाथै अरु पनि बास्नादार केमिकल राखिएको हुन्छ । जसको सेवन गर्दा फोक्सोको क्यान्सरको जोखिम पनि हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया