Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९पैसा  थियो ।

शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।  कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो ।  त्यसैगरी शुक्रबार मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ ।  हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको थियो ।  कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३८ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

बिहीबार कुवेती दिनार १ खरिददर ३ सय ७६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा थियो ।

कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रपैयाँ १८ पैसा छ । हिजो एक सयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रपैयाँ २४ पैसा थियो ।

तपाईको प्रतिक्रिया