Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

दालचिनीमा हुने पोलिफिनोल नामक तत्वले शरीरमा विशेष प्रकारका प्रोटिनहरूको काम बढाई इन्सुलन निष्काशन गर्न सहयोग गर्छ । त्यस्तै, रगतमा भएको ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुने हुँदा यसले मधुमेहका रोगीलाई फाइदा पुर्‍याउँछ ।

जिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी र ज्वरो ठीक हुन्छ ।

दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।

घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।

तपाईको प्रतिक्रिया