Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।

– घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।
– कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।
– यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ । जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ ।
– घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
– यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।
– यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ ।
– घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ ।
– घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ ।
– घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ ।
– घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया