Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सुनको भाउ आज तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य ६ वर्षयताकै उच्च भएको सुन व्यवसायीको भनाई छ । यो मूल्य अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन बिहीबार र बुधबारको दाँजोमा १ सयले बढेर तोलाको ६२ हजार ३ सय रुपैयाँ पुगेको हो । बुधबार तोलाको ६२ हजार २ सय पुग्दा अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको थियो । गत आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको थियो भने सोमबार थप २ सयले बढेर ६१ हजार ४ सय पुगेको थियो ।

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् । अहिले विवाहको सिजन भएकाले पनि सुनको खरीद बिक्री बढी हुने गरेको छ । बिवाहको सिजनमा मुल्य बढ्दा सर्वसाधारण मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया